IME Life New

चन्द्रागिरीको आईपिओ बाँडफाँड सम्पन्न, चार हजार ६०४ जनाले पाए शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ केहीबेरअघि बाँडफाँड सम्पन्न भएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार न्यूनतम् १० देखि ७० कित्तासम्मको लागि आवेदन दिने सबैले शेयर पाएका छन् भने ८० कित्तादेखि ३०६० कित्तासम्मको लागि आवेदन दिनेले समान ७० कित्ता शेयर पाएका छन् । त्यस्तै ८० कित्तादेखि ३ हजार ६० कित्ताको लागि आवेदन दिने ३५ सय ६१ जना मध्यबाट गोलाप्रथा गरेर एक हजार १६३ जनाले थप १० किता शेयर पाएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

चन्द्रागिरी हिल्सको पहिलो चरणको आईपिओमा चार हजार ८०८ जनाले आवेदन दिएको मध्ये दुई सय चार जनाको आवेदन रद्द भएकोले योग्य रहेका ४६ सय ४ जना आवेदकलाई मात्र शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरी कूल १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ । स्थानीयलाई शेयर जारी गरेपछि कम्पनीले सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने जनाएको छ । चन्द्रागिरी हिल्सको दोस्रो चरणको आईपिओ पुस महिनाभित्रैमा जारी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS