IME Life New

ब्रोकर कमिसन घटेपनि लगानीकर्ताहरुको अझै कमिसन घटाउन पर्ने माग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

पुरानो कमिसनको नियम अनुसार अधिकतम शुन्य दशमवल ६ प्रतिशत कमिसन तिर्नुपर्नेमा अब शुन्य दशमवल ४० प्रतिशतले तिरे हुने भएको छ । अझै धेरै कमिसन घट्ला भनेर बसेकोमा लगानीकर्ता भने निराश भएको देखिएको छ । लगानीकर्ताले अन्लाईन कारोवार प्रणाली आए पश्चात पनि यति धेरै कमिसन लिन नहुने भन्दै लगानीकर्ताले धेरै लामो समय देखि आन्दोलन गर्दै आएका थिए । अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डलाई निर्देशन दिएसंगै धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको हो ।

तर लगानीकर्ताहरुले भने ब्रोकर कमिसन अझै तल हुनु पर्ने माग राखेका छन् । नेपाल धितोपत्र बोर्डले आफ्नो फेसबुक पेज मार्फत धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क घटाइएको सम्बन्धमा प्रेश बिज्ञप्ति राखेकोमा सो पोस्टमा कमेन्ट गर्ने लगानीकर्ताहरुले खुशी पोख्न सकेको देखिएन, उल्टो नकारात्मक कमेन्टको संख्या निकै बढी थियो ।

Crest

यसरी लगानीकर्ताहरुलाई चित्त बुझ्दो कमिसन दर घटाउन नेपाल धितोपत्र बोर्ड असफल भएको देखिन्छ । यस अघिको ब्रोकर कमिसन घटाईमा लगानीकर्ताले उत्सव नै मनाएकोमा अहिलेको घटाई भनेको लगानीकर्ताको बोली बन्द गर्न मात्र भएको टिप्पणी लगानीकर्ताले गर्दै आएका छन् । धेरैले ब्रोकर कमिसन घटाएको जस्तो मात्र भनी प्रतिक्रिया दिएका छन्।

कमेन्टमा धेरै लगानीकर्ताले फेरी आन्दोलन गर्नु पर्ने धारणा राखेका छन् । विगतका धेरै आन्दोलनबाट बल्ल बल्ल घटेको नेपालको ब्रोकर कमिसनमा पुन फेरी लगानीकर्ताहरु आन्दोलनमा फर्किने सम्भावना देखिएको छ ।

त्यस्तै अहिले ब्रोकरहरु कमिसन घट्दा आफु व्यवसायबाट नै टाढा जानु पर्ने अर्थात व्यवसायनै छोड्नु पर्ने अवस्था आउने भन्दै विभिन्न मिडियामा विचार आएकोमा लगानीकर्ताहरुले भने अहिलेको ब्रोकरहरुले ब्रोकर संचालन गर्न नसकेको भए आफुहरु ब्रोकर व्यसाय चलाउन तयार भन्दै प्रतिक्रिया दिएका छन् । त्यस्तै ब्रोकरहरुले अहिलेको ब्रोकर कमिसनको विरोध गर्दै आएका छन् । आधिकारिक रुपमा स्टक ब्रोकर एशोसियसन नेपालले विरोध गरेको छ । ब्रोकरहरुले  गरेको विरोध लगानीकर्ताको ध्यान बैंकलाई ब्रोकर लाईसेन्स दिने विषयबाट मोड्न गरिएको हुन सक्ने आँकलन केही लगानीकर्ताको छ । केही लगानीकर्ताका अनुसार लगानीकर्ता र लगानीकर्ता संघ संगठनको एकै पटक सबै माग राख्ने प्रवित्ति हटेको र पालै पालो दवाव दिने ट्रेन्ड देखिएकोमा अब लगानीकर्ताहरु बैंकलाई ब्रोकर लाईसेन्से दिने कुरामा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने अनुमान शेयर बजार सम्बन्धी जानकार विभिन्न पक्षले राखेका छन् ।

लगानीकर्ताको माग र शेयर कारोवारको अवस्था हेर्दा ब्रोकर कमिसन अझै धेरै घट्ने प्रक्षेपण गरिएकोमा निकै थोरै घटेको ब्रोकर कमिसनमा ब्रोकरहरु खुशी भएको र केही लगानीकर्ताले यसलाई गोहीको आसु बगाउन धितोपत्र बोर्ड गएको भनेर पनि सामाजिक संजालमा लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS