काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले कृषि बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले कृषि बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्तिहरुको सुविधालाई ध्यानमा राखी आज पुस १२ गतेदेखि १४ गतेसम्म कृषि बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्न लागेको जनाएको छ ।
उक्त तालिम जुम मार्फत संचालन गर्ने बताएको छ । उक्त तालिममा सहभागी हुनका लागि न्युनतम एसएलसी वा एसईई वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्छ । तालिम शुल्क एक हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । उक्त तालिम विहान १० बजेदेखि ४ बजेसम्म संचालन हुनेछ ।