Connect IPS
IME Life

डिसहोम पल्सर स्पोर्ट अवार्डको मुख्य सह–प्रायोजक रहने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पल्सर स्पोर्टस अवार्डमा डिस मिडिया नेटवर्क मुख्य सह–प्रायोजकका रुपमा रहने भएको छ । यस वर्षको पल्सर स्पोर्टस अवार्डमा डिस मिडिया नेटवर्क मुख्य सह–प्रायोजकका रुपमा रहने कम्पनीले जनाएको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडियाबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौत्रमा डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल ओलीले सम्झौत हस्ताक्षर गरेका हुन् । यस सम्झौता एक बर्षको रहने कम्पनीले जनाइएको छ ।

Prabhu
Crest

सम्झौतापछि नगद ७ लाख र डिसको सेवा गरी झन्डै ११ लाख रुपैयाँ बराबरको प्रायोजन रहेको छ । केही वर्षयता डिस होम अवार्डको सह–प्रायोजक रहँदै आएको छ ।

डिस होमले अवार्डका १३ थान कनेक्सन (दुई वर्षको रिचार्ज सहित), २० जना मनोनितहरुलाई २० थान, डिसहोम कनेक्सन एक वर्षको रिचार्ज सहित र १३ थानसेट–टप बक्स दुई बर्षको रिचार्ज सहित उपलब्ध गराउने जनाएको छ ।

पुस २८ गते १० विधामा अवार्ड दिइने मञ्चले यसअघि नै जानकारी गराइसकेको छ । अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको थियो । त्यसमा पौडीकी गौरीका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र कराँतेका मण्डे काजी श्रेष्ठ मनोनयनमा परेको समेत जनाएको छ ।

पिपल्स च्वाई अवार्डको विजेताको चयन ई–सेवाबाट भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुदपत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा गरिनेजनाइएको छ भने ई–सेवाबाट भोटिङ प्रक्रिया गत साता नै सुरु भइसकेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS