Connect IPS
IME Life

नेप्सेमा नेपाल लाईफको ऐतिहासिक कारोबार, एकै दिन एक अर्ब ४३ करोडको शेयर खरिद बिक्री

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्जमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ऐतिहासिक कारोबार भएको छ । आज नेपाल स्टक एक्सचेन्जमा बिरलै हुने एउटै कम्पनीको झण्डै डेढ अर्ब रुपैयाँको कारोबार भएको हो ।

बुधबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको कूल एक अर्ब ४३ करोड ४४ लाख ९९ हजार ४९३ रुपैयाँको कारोबार भएको हो । आज एकै दिन पाँच लाख ६७ हजार ४२२ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकमको आधारमा नेप्सेको इतिहासमा विरलै हुने एउटै कम्पनीको ठूलो रकमको कारोबार भएको हो । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले हिजो ५१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बीमा समितिबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् । ठूलो मात्रामा लाभांश वितरण गर्ने निर्णय भएको तथा बुक क्लोज हुन बाँकी रहेकोले नेपाल लाईफको शेयरमा आकर्षण देखिएको छ ।

Prabhu
Crest

नेपाल स्टकमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको कूल पाँच करोड ४९ लाख ६१ हजार ६०८ कित्ता शेयर सूचिकृत छ । बुधबारको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको शेयर दुई हजार ४४३ रुपैयाँमा कारोबार भएको छ । नेपाल लाईफ इन्स्योरेन्स कूल बजार पुँजिकरण एक खर्ब २९ अर्ब २१ करोड ४७ लाख ४० हजार ४०८ रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS