काठमाडौं । राजनीतिक अस्थिरताको कारण पुँजि बजारमा पहिरो जाने विश्लेषण भइरहेको बेला पुँजि बजार भने अझै बढ्ने क्रम रोकिएको छैन । हिजो झण्डै १०० अंकले बढेको नेप्से बुधबार सात अंकको बृद्धिसँगै कारोबार परिसूचक २०६८.४५ अंकमा पुगेको छ ।
सर्भरमा उत्पन्न समस्याका बीचमा झण्डै सात अर्बको कारोबार भएको छ । नेप्सेका अनुसार बुधबार छ अर्ब ८६ करोड २४ लाख ४५ हजार २१५ रुपैयाँको कारोबार भएकोछ । कूल दुई तीन वटा कम्पनीका एक करोड १५ लाख ५८ हजार ९९१ कित्ता शेयर खरिद बिक्री भएको हो ।
आइतबार नबिल बैंक, समृद्धि फाइनान्स लगायतको शेयर मूल्यमा उच्च मूल्यबृद्धि भयो भने नारायणी विकास बैंक र युनाईटेड आईडिआई मार्दी हाईड्रो पावर कम्पनीको शेयर मूल्य उच्च बिन्दुले घटेको छ ।