काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रमुख, उपशाखा प्रमुख र सेल्स एक्जुकेटिभ पदका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
कम्पनीले उपत्यका भित्र तथा बाहिरका आफ्नो विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले पुष ६ गतेभित्र कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ ।