काठमाडौं । आज नेप्से परिसूचक ९६ दशमलव ८८ अंकले घटेर १,९३५ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज १ सय ९८ वटा कम्पनीको १ करोड ४५ लाख कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबै उपसूचक राताम्मे भएका छन् ।
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ अर्ब ६ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै युनाइटेड इर्दि मर्दिका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । एभरेष्ट इन्स्योरेन्स प्रोमोटर शेयर, महुली सामुदायिक लघुवित्त, सनराइज फर्स्ट म्युचुअल फण्ड, बेष्ट फाइनान्स लगायतका लगानीकर्ताले कमाएका छन् ।
आज सबैभन्दा धेरै सुर्यादय लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, नेरुडे लघुवित्त, स्वाबलम्बन लघुवित्त, छ्याङदी हाइड्रोपावर, अपर तामाकोशी लगायतका लगानीकर्ताले गुमाएका छन् ।