IME Life New

कोरोनाको भ्याक्सिन निःशुल्क वितरण गर्ने सरकारको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कोरोना भाइरसको भ्याक्सिन जनतालाई निःशुल्क उपलब्ध गर ाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन सरकारले नै आयात गरी जनतालाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । अर्थमन्त्री पौडेलले कोरोना भ्याक्सिनको लागि स्रोतको अभाव नहुने समेत प्रष्ट पारेका छन् ।

नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन् । उनले भने, ‘भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन । हामी त्यसको तयारीमा छौं । भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं ।’

Esewa
Crest

अर्थमन्त्री पौडेलले ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको बताउँदै मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र बृद्धबृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकारले काम गरिरहेको बताए ।

अर्थमन्त्री पौडेलले कोरोनाको कारण अप्ठेरोमा परेको अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS