Connect IPS
IME Life

प्रभु लाइफको इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर  २९ गते देखि प्रति कित्ता एक सयको दरका ६० करोड बराबरको ६० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन विक्री खुला गरेको थियो ।

उक्त ६० लाख कित्तामध्ये ५  प्रतिशत अर्थात ३ लाख  कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात ३  लाख  कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। भने सर्वसाधारणहरुलाई ५४  लाख  कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।

Prabhu
Crest

उक्त साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम ५००० कित्ता सम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले  सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल  काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा बुधबारसम्ममा झण्डै नौ  लाखको आवेदन परिसकेको छ । (वुधवार ) बेलुका ४ :४५ बजेसम्ममा ८ लाख ७३ हजार ७९ आवेदनबाट २ करोड ३७ लाख ७६ हजार ४६० कित्ता शेयरका लागि आवेदन परेको सिद्धार्थ क्यापिटलले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS