काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसुचक ६ दशमलव २० अंकले घटेर २,०५५ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज १ सय ९९ कम्पनीको १ करोड ५ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनसीसी बैंकको ३९ करोड ४३ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। नेपाल पुनर्बीमाको २४ करोड ३९ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । त्यसैगरी नविल बैंकको १८ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।