काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज शेयरको मूल्य केही घटेको छ । उच्च बिन्दुमा रहेर कारोबार भइरहुँदा साताको चौथौ दिन आज शेयर कारोबार परिसूचक ६.२ अंकले घटेको हो ।
आइतबार कूल पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँको शेयर कारोबार भएको छ । आइतबार १०१ कम्पनीको एक करोड पाँच लाख भन्दा बढि कित्ता शेयर खरिद बिक्री भएको छ ।
समग्र सूचांक घटेपनि थुप्रै कम्पनीहरुको शेयर मूल्य उच्च अंकले बृद्धि भएको छ । आइतबार महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाईड्रो पावर लगायतका ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्सको प्रमोटर शेयर, एनएमबी फण्ड ५० र शिखर इन्स्योरेन्सको शेयर मूल्य घटेको छ ।