काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका शेयरधनीहरूलाई ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र ० दशमलव २५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
कम्पनीले १२औँ, १३औँ र १४औँ वार्षिक साधारण सभा एकैचोटि पुष २२ गते बुधबार, गर्ने भएको छ । उत्तल सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्सालबाट जुममार्फत सञ्चालन गरिने जनाएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका निमित्त पौष १२ गतेबाट पुष २२ गतेसम्म बुकक्लोज गर्नेछ । त्यसकारण पुष ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।