IME Life New

‘अफिस रोमान्स’सम्बन्धी सर्वेक्षण भयो भाइरल, ४०% ले दिए पार्टनरलाई धोका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अफिस रोमान्स अब केवल चलचित्रको कथामात्र रहेन। सबैले दिनमा लगभग नौ घन्टा बिताउने ठाउँमा प्रेममा पर्नु सामान्य मानिन्छ। तर, हालै गरिएको सर्वेक्षण साँच्चै स्तब्ध पार्ने खालको छ।

फोर्ब्सको प्रतिवेदनअनुसार ६० प्रतिशतभन्दा बढी मानिसह आफ्नो कार्यस्थलमा प्रेम सम्बन्धमा हुन्छन्। लामो कार्यालय समय, दैनिक सहकार्य र व्यावसायिक दबाब बुझ्ने पार्टनरले धेरैलाई आफ्नो कार्यस्थलभित्र पार्टनर खोज्न प्रेरित गर्छ। फोब्र्सको यो सर्वेक्षण भाइरल भएको छ र मानिसले आफ्ना अनुभवहरु साझा गरिरहेका छन्।

Esewa
Crest

सर्वेक्षणअनुसार ६५ प्रतिशतले भने कि सहज महसुस गर्नु कार्यालय सम्बन्धको सबैभन्दा ठूलो कारण हो। यसैबीच ६१ प्रतिशतले भने कि उनीहरुसँग कार्यालय बाहिर नयाँ मानिसहरुलाई भेट्न समयको अभाव छ। चाखलाग्दो कुरा के छ भने केवल ३८ प्रतिशतले विश्वास गरे कि अफिस रोमान्सले कामलाई अझ रमाइलो बनाउँछ। जसको अर्थ भावनात्मक समझ धेरैजसो मानिसका लागि बढी महत्वपूर्ण हुन्छ।

ब्रेकअपको सबैभन्दा ठूलो डर

यद्यपि, यी सम्बन्धहरुको प्रभाव व्यक्तिगत जीवनमा सीमित छैन। धेरैले स्वीकार गरे कि कार्यालय सम्बन्धमा ब्रेकअपको डर बढी हुन्छ। किनकि उनीहरुले हरेक दिन एउटै व्यक्तिसँग व्यवहार गर्नुपर्ने हुन सक्छ। लगभग ५४ प्रतिशतले भने कि कार्यालयमा डेटिङले उनीहरुको काम–जीवन सन्तुलनलाई असर गरेको बताए।

सर्वेक्षणले यो पनि खुलासा गर्यो कि कार्यालय रोमान्स लुकाउन गाह्रो छ। आधाभन्दा बढीले भने कि सम्बन्ध सार्वजनिक भएपछि सहकर्मीहरुको व्यवहार परिवर्तन भयो। लगभग ६० प्रतिशतले स्वीकार गरे कि कार्यालय मामिलाहरु प्रायः गफको विषय बन्छ।

कार्यालय सम्बन्धमा ४० प्रतिशत मानिसहरुले आफ्ना साझेदारलाई दिए धोका

प्रतिवेदनको सबैभन्दा स्तब्ध पार्ने कुरा के थियो भने कार्यालय सम्बन्धमा ४० प्रतिशतले सहकर्मीसँग आफ्ना साझेदारहरुलाई धोका दिएको स्वीकार गरे। अर्को ४३ प्रतिशतले अन्ततः आफ्नो कार्यालय साझेदारसँग विवाह गरे।

सर्वेक्षणका अनुसार धेरै कम्पनीहरुले अब कार्यालय रोमान्सलाई पूर्ण रुपमा गलत मान्नुको सट्टा व्यवस्थापन गर्ने प्रयास गरिरहेका छन्। लगभग ६२ प्रतिशत उत्तरदाताहरुले भने कि उनीहरुले आफ्नो सम्बन्धको बारेमा मानव संसाधन (एचआर)लाई जानकारी गराएका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS