काठमाडौं । सान्जेलन जलविद्युत कम्पनीको साढे ३६ लाख कित्ता शेयरको लकइन अवधि खुल्ने भएको छ।
कम्पनीको आज एक सूचना जारी गर्दै ३६ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि आउँदो कात्तिक २८ गतेपछि खुल्ने जानकारी गराएको हो। यसको अर्थ कात्तिक २८ गतेदेखि यो शेयरको कारोबार खुल्नेछ।
कम्पनीले सर्वसाधारणका लागि जारी आइपीओ २०७९ कात्तिक २९ गते बाँडफाँट गरेको थियो। जसमा आयोजना प्रभावित स्थानीयका लागि जारी १० प्रतिशतले हुन आउने ३६ लाख ५० हजार कित्ता शेयरको लकइन सकिने भएको भएको हो।

















