IME Life New

दुई बीमा कम्पनीको साढे ३ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई बीमा कम्पनीको साढे ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको कुल ३ लाख ५४ लाख २०१ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा प्रभु महालक्ष्मी लाइफको २ लाख ७४ हजार २०१ कित्ता र आईजीआई प्रुडेन्सियलको ८० हजार कित्ता संस्थापक शेयर रहेको छ।

Esewa
Crest

प्रभु महालक्ष्मी लाइफको शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्। यसका लागि ७ दिनको म्याद दिइएको छ।

तोकिएको अवधिभित्र लगानीकर्ताले काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

यसैगरी आईजीआई प्रुडेन्सियलको शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले शेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम ८० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ।

बिक्रीमा राखिएको शेयर न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र चैत १२ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS