IME Life

उत्तरगंगा जलविद्युत आयोजना ४ वर्षभित्र सक्ने सरकारको लक्ष्य: प्रधानमन्त्री ओली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको ढोरपाटन नगरपालिकामा उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना आगामी ४ वर्षभित्र सक्ने सरकारको लक्ष्य रहेको बताएका छन्।

प्रतिनिधिसभामा आज सांसद देवीप्रकाश भट्टचनको प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएका हुन्। सांसद भट्टचनले उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना ८२८ मेगावाट र उक्त आयोजनाबाट जम्मा १७२६ मेगावाट उत्पादन हुने साथै हिउँदयाममा १०० प्रतिशत उत्पादन दिने योजना कहिले सुरु हुन्छ भनेर प्रश्न गरेका थिए। यसका साथै भट्टचनले लोमनथाङमा लम्बाइ १० किमी र चौडाइ ४ किमी भएको उत्कृष्ट युरेनियमको भण्डार रहेको प्रारम्भिक अध्ययनले देखाएकोमा सोको कहिलेदेखि उत्खनन प्रक्रिया अगाडि बढ्छ ? भने अर्को प्रश्न पनि राखेका थिए। ‘उक्त युरोनियम भण्डारबाट प्राप्त हुनै आयश्रोतबाट स्थानीय सरकारलाई अत्याधिक रकम छुट्याई परम्परारागत ढाँचाको बसोबास निर्माण गर्न स्थानीयवासीको माग रहेको अवगत गराउन चाहन्छु’, उनले भने।

Prabhu
Crest

यसैगरी भट्टचनले नेपाली मालवाहक पानीजहाज अन्तर्राष्ट्रिय समुद्री मार्गमा सञ्चालन गर्नको लागि संसदमा पेश भएको विधेयक विगत ४ वर्षयता अलपत्र अवस्थामा रहेकोले सो विधेयक कहिलेदेखि छलफलमा ल्याई पास गर्ने सरकारको योजना छ भनेर प्रश्न पनि गरेका थिए।

जबाफमा प्रधानमन्त्री ओलीले ऊत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना पहिले नेपाल विद्युत प्राधिकरणको आयोजना विकास विभागअन्तर्गत रही सोही विभागबाट सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम भएको जानकारी गराए। ‘हाल उक्त आयोजना स्पेसल पर्पोज भेहिकलका रुपमा विकास गर्न २०७४ सालमा उत्तरगंगा पावर कम्पनी लिमिटेडको स्थापना गरी कार्य अगाडि बढाइएको छ’, उनले भने, ‘हालसम्म आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरिएको, वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको छ, जग्गा अधिग्रहणको लागि प्रक्रिया अघि बढाइएको छ । विद्युत उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवेदन दिइसकेको छ। हाल एनईए इन्जिनियरिङ कम्पनीमार्फत आयोजनाको रिभ्यु अफ फिजिबिलिटी स्टडी एन्ड इन बेसिन एन्ड इन्टर बेसिन अप्सन स्टडीको कार्य भइरहेको छ।’

यसैगरी एनईए इन्जिनियरिङ कम्पनीमार्फत आयोजनाको रिभ्यु रभ्यु अफ फिजिबिलिटी स्टडी एन्ड इन बेसिन एन्ड इन्टर बेसिन अप्सन स्टडीको अन्तिम प्रतिवेदन प्राप्त भएपछि कन्स्ट्रक्सन मोडालिटी र फन्डिङ मोडालिटी निर्क्यौल गरी आगामी चार वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रधानमन्त्री ओलीले जबाफ दिएका छन्।

यसैगरी खानी तथा भूगर्भ विभागबाट अन्तर्राष्ट्रिय एटोमिक संगठनको सहयोगमा भएको प्रारम्भिक अन्वेषणबाट मुस्ताङको लोमाङथान क्षेत्रमा उत्खनन् योग्य गुणस्तर र परिमाणमा यूरेनियमको खनिज भण्डार रहेको देखाएको ओलीले बताए। ‘युरेनियम रणनीतिक खनिज भएकोले यसको उत्खनन् पूर्व केही कानूनको सुधार, प्रयोगशालाको स्तरोन्नति, जनशक्ति विकास सँगसँगै गरी विस्तृत अन्वेषण र औद्योगिक उपयोगको मोडालिटी र संगठन ढाँचा तय भएपश्चात् मात्र उत्खनन् गर्न सकिने देखिन्छ’, उनले भने।

प्रधानमन्त्री ओलीले पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०८१ असार २७ मा संसद पेस गर्ने प्रयोजनार्थ स्वीकृत भई संसदमा पेस गर्ने प्रक्रियामा रहेको जानकारी गराए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS