IME Life
Beema Board

राष्ट्रियस्तरका विकास बैंकः वितरणयोग्य मुनाफामा कामना सेवा १ नम्बर ! अरुको लाभांश क्षमता कति ?

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये कामना सेवा विकास बैंकको वितरणयोग्य मुनाफा उच्च छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कामना सेवाको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख रुपैयाँ रहेको छ।

त्यस्तै दोस्रोमा शाइन रेसुंगाको वितरणयोग्य नाफा १४ करोड ८८ लाख रुपैयाँ रहेको छ। तेस्रोमा गरिमाको १० करोड २१ लाख रुपैयाँ रहेको छ।

Prabhu
Crest

राष्ट्रियस्तरका विकास बैंकमध्ये दुईवटाको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ। सांग्रिला र ज्योतिको वितरणयोग्य नाफा ऋणात्मक छ। शांग्रिलाको वितरणयोग्य नाफा ६ करोड १ लाख रुपैयाँ ऋणात्मक हुँदा ज्योतिको वितरणयोग्य नाफा २८ करोड ६६ लाख ऋणात्मक छ।

प्रतिशेयर वितरणयोग्य मुनाफामा पनि कामना सेवा नै अगाडि (सम्भावित लाभांश क्षमता)

प्रतिशेयर वितरणयोग्य नाफामा पनि कामना सेवा अघि छ। बैंकको वार्षिक प्रतिशेयर वितरणयोग्य नाफा ११.६८ रुपैयाँ छ भने दोस्रोमा शाइन रेसुंगाको प्रतिशेयर वितरणयोग्य मुनाफा ४.१९ रुपैयाँ रहेको छ। दुई विकास बैंक शांग्रिला र ज्योतिको प्रतिशेयर वितरणयोग्य नाफा ऋणात्मक छ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

20%

दु :खी

30%

अचम्मित

10%

उत्साहित

20%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS