IME Life

प्रभु बैंकको नाफामा सामान्य संकुचन, एनपीएल ५% नजिक

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ८१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ७.२७ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात (एनपीएल) ४.८१ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.४८ प्रतिशत थियो।

Prabhu
Crest

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १६ करोड ६५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १८ करोड २९ लाख रुपैयाँले ऋणात्मक थियो। बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा ०.९४ रुपैयाँ रहेको छ।

बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ७१ करोड रुपैयाँ थियो। ब्याज आम्दानी पनि बढेर ८ अर्ब ४३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ६ अर्ब ६८ करोड रुपैयाँ थियो।

चुक्तापुँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार घटेर ९ अर्ब ८६ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा १० अर्ब ४ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) सामान्य घटेर १०.२६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ११.०७ रुपैयाँ थियो। पीई रेसियो १३.८ प्रतिशत रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४२.६ रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS