IME Life

एकैदिन रु. ८ अर्बले घट्यो बैंकहरुको निक्षेप, सीडी रेसियो कति ?

SPIL
NIC ASIA

काठमाडौं । बैंकिङ प्रणालीबाट एकैदिन ८ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वैशाख २ गते (सोमबार) बैंक तथा वित्तीय संस्थाहरु निक्षेप ८ अर्ब रुपैयाँले घटेको हो।

वैशाख २ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ४३ अर्ब रुपैयाँ छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६१ खर्ब ५१ अर्ब रुपैयाँ थियो।
यसैगरी वाणिज्य बैंकहरुको कुल निक्षेप पनि वैशाख २ मा एकैदिन ७ अर्ब रुपैयाँले घटेको छ। वैशाख १ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ३३ अर्ब रुपैयाँ रहेकोमा वैशाख २ गतेसम्म घटेर ५४ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ।

Prabhu
Crest

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि वैशाख २ मा एकैदिन ६ अर्ब रुपैयाँले घटेर ५१ खर्ब १२ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब १८ अर्ब रुपैयाँ थियो। वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले घटेर ५४ खर्ब २२ अर्ब रुपैयाँ कायम भएको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४५ खर्ब २६ अर्ब रुपैयाँ थियो।

वैशाख २ मा बैंकहरुको औसत सीडी रेसियो बढेर ८०.८२ प्रतिशत पुगेको छ भने अन्तरबैंक ब्याजदर घटेर ३.०१ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८०.८० प्रतिशत र अन्तरबैंक ब्याजदर ३.८२ प्रतिशत थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS