IME Life

सिंगापुरको चांगीले गुमायो विश्वको नम्बर वान एयरपोर्टको ताज, शीर्ष स्थानमा कुन ?

SPIL
NIC ASIA

काठमाडौं । स्काईट्रयाक्स वर्ल्ड एयरपोर्ट अवार्डलाई एयरपोर्ट उद्योगको ओस्कर भनिन्छ। यसपटक ठूलो उल्टो देखिएको छ।

दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले सिंगापुरको चांगी विमानस्थललाई पछि गर्दै पहिलो स्थान हासिल गरेको छ। चांगीले आफ्नो ताज गुमाउँदै दोस्रो स्थानमा झरेको छ।

Prabhu
Crest

हमाद अन्तर्राष्ट्रिय विमानस्थल कतारको राजधानी दोहाको मुख्य विमानस्थल हो। करिब ६० हजार वर्गमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको यो एयरपोर्ट ७५ फुटबल मैदानबराबर छ। गत वर्ष यो विमानस्थल दोस्रो स्थानमा थियो। वास्तुकलाका हिसाबले यो विश्वकै सबैभन्दा महत्वपूर्ण विमानस्थल मानिन्छ। यसका साथै सबैभन्दा विलासी विमानस्थलको उपाधि पनि यसले प्राप्त गरेको छ।

चाखलाग्दो कुरा यो हो कि यस सूचीमा शीर्ष ५ विमानस्थलमा एसियाको वर्चस्व छ। तेस्रो नम्बरमा दक्षिण कोरियाको सियोल इन्चेन विमानस्थल रहेको छ। यो विमानस्थलले सबैभन्दा परिवारमैत्री विमानस्थलको उपाधि पनि पाएको छ। टोकियोको हानेडा चौथो र नारिता पाँचौँ स्थानमा छन्।

यो सूचीमा फ्रान्सको राजधानी पेरिसको चार्ल्स डे गौले एयरपोर्ट छैटौँ, दुबई सातौँ, जर्मनीको म्युनिख आठौँ, स्विट्जरल्यान्डको ज्युरिच नवौँ र टर्कीको इस्तानबुल विमानस्थल दसौँ स्थानमा छ। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

5%

दु :खी

24%

अचम्मित

21%

उत्साहित

7%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS