IME Life

शेयर बजार १६ अंकले घट्दा १८५ कम्पनीको शेयर मूल्य घट्यो

SPIL
NIC ASIA

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १६ दशलमव ८२ अंकले घटेर २००६ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३१४ कम्पनीको ७२ लाख २३ हजार ७७३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भइरहेको छ । आज सबैभनदा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ७३ लाख रुपैयााको शेयर कारोबार भएको छ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७ करोड ७० लाख रुपैयााको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावर कम्पनीको ६ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै माछापुच्छ्रे डिबेञ्चर २०८७ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् । मेन्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले पनि १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS