IME Life

वर्ष २०८० बाटै अभिकर्ताको अनलाइन परीक्षाको सुरुआत, अहिलेसम्म कतिले पाए लाइसेन्स ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिरकणले वर्ष २०८० बाट अनलाइन परीक्षामार्फत अभिकर्तालाई इजाजतपत्र वितरण गर्ने व्यवस्थाको सुरुआत गरेको छ । प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता)को अनलाइन परीक्षा २०८० कात्तिक १७ गतेदेखि सुरु गरेको हो । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएबमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भएबमोजिम प्राधिकरणले पहिलोपटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सुरु गरेको हो । यसअघि कम्पनीहरु आफैँले अभिकर्ता बन्न इच्छुक व्यक्तिहरुलाई लाइसेन्स वितरण गर्दै आइरहेका थिए ।

नेपाल बीमा प्राधिकरणले गत मंसिरदेखि बीमा ऐनअनुसार परीक्षा प्रणालीको सुरुआत गरेको थियो । सुरुआती चरणमा बीमा कम्पनीहरु आफैँले परीक्षा लिन पाउने व्यवस्था गरिएको थियो । त्यसपछि कात्तिक महिनाबाट प्राधिकरणले अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गर्नका लागि सफ्टवेयर बनाएर आफैँले परीक्षा लिने व्यवस्था गरेको हो ।

Prabhu
Crest

बीमा व्यवसायको विकासका लागि समयसापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन, २०७९ दफा ९२ को उपदफा (२) को व्यवस्थाबमोजिम सञ्चालन गरिने बीमा मध्यस्थकर्ताको परीक्षालाई व्यवस्थित, गुणस्तरीय र नियमित बनाउन अनलाइन परीक्षासम्बन्धी व्यवस्था प्राधिकरणले गरेको हो ।

प्राधिरकणले अभिकर्ताका लागि पाठ्यक्रम निर्माणका साथै नमुना प्रश्नपत्रसमेत तयार गरी परीक्षा लिन थालेको हो । प्राधिकरणले अनलाइन परीक्षा सुरु गरेको पहिलो दिन देशका विभिन्न स्थानबाट ४७ जना परीक्षार्थी अनलाइन माध्यमबाट सहभागी भएका थिए । तर, अहिले प्राधिकरणले एकैदिन ४०० बढीसम्मलाई अभिकर्ता लाइसेन्स वितरण गर्ने गरेको छ ।

गत कात्तिकबाट सुरु भएको अभिकर्ता अनलाइन परीक्षामा हालसम्म १८ हजार ६४६ जना उत्र्तीण भइसकेका छन्। पहिला प्राधिकरणले आफ्नो केन्द्रीय कार्यालयबाट मात्रै अभिकर्ता लाइसेन्स वितरण गर्ने गरेको थियो । तर, अहिले प्राधिकरणको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेश कार्यालयबाट पनि अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन हुँदै आएको छ। यस परीक्षामा देशैभरिबाट सहभागी हुने व्यवस्था गरिएको छ ।

सुरु सुरुमा अनलाइन परीक्षालाई पनि कतिपय मानिसहरुले असहज भयो भन्ने प्रतिक्रिया जनाएको थिए । तर, अहिले प्राधिरणले यस प्रणालीलाई व्यवस्थित गरेपछि सबैलाई सहज भएको छ । पहिला पहिला उक्त परीक्षामा थोरै सहभागी हुन्थे भने अहिले धेरै सहभागी हुने गरेको पाइन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS