IME Life

लिबर्टी माइक्रो लाइफले सुन्दर बागमती सहकारीका ऋणीको बीमा गर्ने

SPIL
NIC ASIA

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र काठमाडौको सुन्दरीजल स्थित सुन्दर बागमती बहुउद्देशीय सहकारीबीच सम्झौता भएको छ । सहकारीका सम्पूर्ण ऋणीहरुको बीमा गर्ने गरी लिबर्टी माइक्रो लाइफ र उक्त सहकारीबीच सम्झौता सम्पन्न भएको हो ।

पहिलो चरणमा २९ जना ऋणीहरुको सम्झौता गरि बीमा सेवा सुचारु गरेका छन् । आफ्नो ऋणीहरुलाई भइपरी आउने दुर्घटनामा राहत होस् तथा संस्थाको ऋणको सुरक्षा गर्ने उद्देश्यले लघुजीवन बीमा गराइएको कम्पनीले बताएको छ ।

Prabhu
Crest

उक्त सम्झौतापत्रमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट अमृत राज वैद्य तथा सुन्दर बागमति बहुउद्देशीय सहकारीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम तामाङले सम्झौता गरेकम हुन् ।

निकै नै सस्तो, गुणस्तरिय, न्यून आय भएका वर्गलाई लक्षित तथा अनलाईनबाटै सेवा लिन पाउने भएकाले यो सेवा लिनलाई अन्य सहकारीहरुलाई यसको बारेमा जानकारी गराउने छु, प्रमुख कार्यकारी अधिकृत तामाङले भने ।

अन्य सहकारी तथा वडाहरूमा समेत न्यून आय भएका ब्यक्तिहरूका लागि बीमा कार्यक्रम संचालन गर्दै लैजाने लिबर्टी माइक्रो लाईफको योजना रहेको छ । लगभग ६० प्रतिशत नेपालीहरु बिशेषत न्यून आय भएकाहरु, इन्स्योरेन्सको दायरामा नआएका र त्यहि लक्षित बर्गलाई समेट्न सम्पूर्ण स्थानीय सरकार तथा सहकारीरलघुवित्तहरुलाई साथ तथा सहयोगको लागी लिबर्टी माईक्रो लाइफको तर्फबाट निबेदन पनि गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS