IME Life

तीन महिनामै एमडीआरटी बन्न सफल भइन् सिटिजन लाइफकी दीपा

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकी दीपा चापागाईं तीन महिनामै एमडीआरटी बन्न सफल भएकी छन्। सिटिजन लाइफको स्वयम्भू शाखामा कार्यरत एजेन्सी मेनेजर दीपा विश्वका अभिकर्ताको सर्वोच्च अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ट टेबल (एमडीआरटी) २०२५का लागि छनोट भएकी हुन्।

Prabhu
Crest

जनवरी १ देखि डिसेम्बरको अन्तिमसम्ममा तोकिएको टार्गेट दीपाले यो वर्षको पहिलो ३ महिनामै पूरा गर्न सफल भएकी छन्।


संखुवासभा खाँदबारीमा जन्मिएकी दीपाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको पढाइ पूरा गरेकी छन्। हाल काठमाडौंको आलोकनगरमा बसोबास गर्दै दीपाले सिटिजन लाइफमा अभिकर्ताका रुपमा आबद्ध भएर काम गरेको ९ महिनामात्र भएको छ ।


कम समयमै उत्कृष्ट कार्य गर्न सफल दीपालाई सम्मान गर्न मगलबार सिटिजन लाइफको स्वयम्भू शाखाले कम्पनीको थापाथलीस्थित प्रधान कार्यालयमा एक कार्यक्रम गरेको थियो। कार्यक्रममा कम्पनीका सीईओ पोषकराज पौडेल, सीएमओ भूषण रिमाल, सीबीओ सुनील पोख्रेलले खादामाला लगाइदिएर दीपालाई बधाइ दिएका थिए।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%

खुसी

36%

दु :खी

0%

अचम्मित

18%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS