IME Life
Beema Board

गार्डियन माइक्रो लाइफको नाफा रु. ७ लाख, कुल बीमाशुल्क आर्जन रु. २ करोड माथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ७ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। तेस्रो त्रैमासमा मात्रै यो कम्पनीले ३ लाख ९८ हजार रुपैयाँ कमाएको छ।

Prabhu
Crest

तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ४ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन भने १ करोड ७८ लाख ६६ हजार रुपैयाँ रहेको छ।

चैतसम्म कम्पनीको दाबी भुक्तानी  ४ लाख ७३ हजार रुपैयाँ रहेको छ। तेस्रो त्रैमासमा मात्रै कम्पनीले २३ हजार २०० रुपैयाँ दाबी भुक्तानी गरेको छ।

चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २ लाख ६२ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा २२ लाख ७ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा १ लाख ९२ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा १५ लाख ८३ हजार रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ०.१८ रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS