IME Life

मेडिकल कलेजको सम्पत्तिलाई लिएर शुरु भएको पारिवारिक द्वन्द्व प्रतिशोधमा बदलिंदै

SPIL
NIC ASIA

काठमाडौं । वीरगन्जको नेशनल मेडिकल कलेजका सञ्चालकबीचको पारिवारिक द्वन्द्व प्रतिशोधमा बदलिएको छ। पारिवारिक द्वन्द्वको पृष्ठभूमीमा जिल्ला प्रहरी कार्यालय पर्साले अस्पताल परिसरको औषधी पसलमा छापामारी गरेर प्रबन्ध निर्देशिक सहनवाज अन्सारी सहित दुई जनालाई हिरासतमा लिएको छ।

अस्पतालको फार्मेसीमा म्याद गुज्रिएको औषधी बिक्री वितरणका लागि राखिएको आरोपमा प्रहरीले प्रबन्धक निर्देशक सहनवाज सहित दुईजनालाई हिरासतमा लिएको हो । पक्राउ पर्ने अर्का अस्पतालको फार्मेसीका कर्मचारी सञ्जय साह हुन् ।

Prabhu
Crest

मेडिकल कलेजको सञ्चालक समितिका अध्यक्ष डा‍. जैनुद्दिन अन्सारीले आफूलाई जिम्मेवारी विहीन बनाएपछि छटपटिएका उनका भाई बसरुद्दिन अन्सारीले आफूलाई नवाजुद्दिनकै दबाबमा जिम्मेवारी र सम्पत्तीको हकबाट विमूख गरिएको सार्वजनिक अभिव्यक्ति दिंदै आएका थिए । डा. सहनवाज प्रबन्ध निर्देशक नियुक्त हुनु अघि बसरुद्दिन प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका थिए ।

डा. सहनवाज डा. जैनुद्दिनका छोरा हुन् । मुश्लिम धर्मावलम्बीहरुको पर्व इद उल फित्रको मुखैमा अस्पतालमा छापामारीले अन्सारी परिवारमा तरंग पैदा गरि दिएको छ।

दुई दशक पुरानो यो शिक्षण अस्पतालसँगै काठमाडौं अनामनगरस्थित मेडिकल कलेजको बहुतल्ले आवासीय भवन र जोरपाटीस्थित नेपाल मेडिकल कलेजकोमा रहेको अन्सारी परिवारको हिस्सामध्ये आफूले पचास प्रतिशत हिस्सा पाउनुपर्ने माग बसरुद्दिन अन्सारीको छ। बसरुद्दिनले वैधानिक कागजमा आफ्नो हिस्साबारे जे सुकै लेखिए पनि आफू शुरु देखि नै पचास प्रतिशत हिस्साको भागिदार रहेको दाबी गर्दै आएका छन् । यद्दपी डा. जैनुद्दिनले जारी गरेको प्रेस विज्ञप्ती अनुसार मेडिकल कलेजमा उनीसहित ४ जना शेयरधनी रहेकोमा बसरुद्दिनको जम्मा १० प्रतिशत हिस्सा रहेको छ।

बसरुद्दिन अन्सारी मेडिकल कलेजमा प्रबन्ध निर्देशक रहँदासम्म त्यहाँका कर्मचारीहरुलाई दुई दशकदेखि करार नियुक्तिमा काम लगाइएकोमा उनलाई सो जिम्मेवारीबाट हटाइए लगत्तै स्थायी नियुक्ति लगायतको माग सहित उनका समर्थक कर्मचारीले आन्दोलन शुरु गरेका छन् । यसैगरी सोही माग लिएर डेढ दशक अघि मेडिकल कलेजका कर्मचारीले शान्तिपूर्ण आन्दोलन गर्दा आन्दोलनकारी कर्मचारीलाई अस्पताल परिसरभित्रै कटुवा पेस्तोल तेर्स्याएर व्यवस्थापन पक्षले ज्यान मार्ने धम्की दिंदा समेत स्थानीय सुरक्षा निकाय आन्तरिक मामिला भन्दै मौन बसेको थियो ।

वीरगन्जमा झण्डै एक दशकपछि एउटै समूहभित्रको अन्तरद्वन्द्वभित्र सुरक्षा निकायको दुरुपयोग पुनः दोहोरिएको छ। झण्डै एक दशकअघि तत्कालीन प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले जगदम्बा स्टिल्सका प्रमुख कार्यकारी अधिकृत रोसित उनिन्थानलाई चोरीको गाडी कार्यालय प्रयोजनमा ल्याएको आरोपमा पक्राउ गरेका थिए । उद्योगको कामका लागि नियोजितरुपमा चोरीका गाडीहरु भाडामा लिएर दक्षिण भारतीय उनिन्नथानलाई जगदम्बा स्टिल्सका लगानीकर्ताहरुबीचको द्वन्द्वको शिकार बनाइएको थियो । सञ्चालकहरुबीचको द्वन्द्वका कारण उनिन्थानले काराबास सजाय समेत भोग्न बाध्य भएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS