IME Life

नेपाल मेडिकल कलेजद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण

SPIL
NIC ASIA

काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा।डा।जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई इमरजेन्सी फस्टहेड वक्सहरु हस्तान्तरण गरे ।

सो क्रममा प्रा.डा.अन्सारीले समाजमा शान्ति व्यवस्था, अमनचयन कायम गर्न नेपाल प्रहरीको जति भूमिका रहन्छ त्यत्तिनै नागरिक समाजको पनि रहने बताउँदै मेडिकल कलेज नेपाल प्रहरीसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

Prabhu
Crest

दुर्घटना भइहाले घाइतेहरुको तत्काल उद्दार र प्राथमिक उपचारमा इमरजेन्सी फस्टहेडको महत्वपूर्ण भूमिका रहन्छ । कलेजले गरेको सहयोग र सहकार्यले दुर्घटनामा हुने मानवीय क्षती कम गर्न सहयोग पुग्ने डिएसपी पाण्डेले जनाए ।

हस्तान्तरण कार्यक्रममा कलेजका अस्पताल निर्देशक डा.राजेश किशोर श्रेष्ठ, हस्पिटल डाइरेक्टर प्रा।डा।मोदनाथ मरहठ्ठा, निर्देशक डा।साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योती खड्काको समेत सहभागीता रहेको थियो ।

कलेजले मेडिकल शिक्षा, स्वास्थ्य सेवा र मानवीय सेवामा विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको कलेजले जनाएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने क्रममा आम नागरिकसँग सात्क्षात्कार हुन सहकार्य गरिँदै आइएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS