IME Life
Beema Board

नेपाल रिको ११ लाख कित्ता शेयर बेच्दै विशाल ग्रुप, प्रतिकित्ता कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को ११ लाख कित्ता आज वैशाख १८ गतेबाट शेयर बिक्रीमा राखिएको छ। विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल रिको ११ लाख कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।

बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य योग्य संगठित संस्थाहरुले खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Prabhu
Crest

इच्छुक लगानीकर्ताले न्यूनतम २ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण ११ लाख कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

लगानीकर्ताले वैशाख २६ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा पेस गर्न सकिनेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS