IME Life
Beema Board

रिडी पावरको अवितरित हकप्रद शेयर बाँडफाँड, कट अफ प्राइस कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिडी पावर लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारण समुहतर्फको ११ लाख ३५ हजार ६५७ कित्ता अवतरित हकप्रद शेयर विक्रीमा ल्याएको थियो । कम्पनीले उक्त अवितरित शेयर चैत २९ गतेबाट बैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र मार्फत खरिद गर्न आव्हान गरेको थियो सो अवधिभित्र प्राप्त भएको शिलबन्दी बोलपत्र बैशाख १३ गते खोली बैशाख १७ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँड गरिएको हो ।

आवेदकको बाँडपाँडमा नपरेको शेयर वापतको रकम बैशाख २० गतेबाट आवेदकको आफ्नो आवेदन फाराममा उल्लेख गरिएको बैंक वित्तीय सस्थाको खातामा आइपीएस मार्फत रकमान्तरण गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

साथै, आफ्नो खातामा रकम जम्मा भएको वा नभएको यकिन गरी रकम जम्मा नभएमा मुक्तीनाथ क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ । साथै बाँडफाँडको अन्तिम मूल्य १४८ रुपैयाँ १० पैसा रहेको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा समपेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । बाँडफाँडको विवरण विक्री प्रबन्धकको वेभसाइटबाट हेर्न सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS