IME Life

यो वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.३% मात्रै रहने विश्व बैंकको प्रक्षेपण

SPIL
NIC ASIA

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८०।८१ मा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट अपडेटमा यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो। यसअघि गत जनवरीमा भने विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण थियो। अहिले त्यसलाई घटाएको छ। नेपाल सरकारले भने चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ।

Prabhu
Crest

आगामी आर्थिक वर्ष २०८१।८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहने विश्व बैंकको अनुमान छ। त्यसपछिको वर्षमा भने ५.३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने विश्व बैंकको प्रक्षेपण छ।

यसैगरी चालु आर्थिक वर्षमा नेपालमा मूल्यवृद्धि ६.७ प्रतिशतमा सीमित हुने तथा आगामी वर्षमा क्रमशः ६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ।

अघिल्लो आर्थिक वर्ष २०७९।८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS