IME Life
Beema Board

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षण विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०८० मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest

सभाले यस बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडू र एनआइएमबि स्टक मार्केट्स लिमिटेड” समेतको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ । ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिश मुताविक लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

सभाले नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक गर्न सञ्चालकसमितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित भएको छ । सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव स्थगित भएको छ । अदालतको आदेशपछि सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव स्थगित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS