IME Life
Beema Board

शेयर बजारमा २४ अंकको गिरावट हुँदा १९६ कम्पनीको शेयर मूल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा भारी गिरावट देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक २४ दशलमव ५८ अंकले घटेर १,९७४ को विन्दुमा कायम भएको छ । आज माइक्रोफाइनान्स र निर्जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।

आज ४२ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १९६ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिष्टिmरीको ११ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ११ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइमई लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ५६ प्रतिशतका दरले कमाएका छन् । साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ७० प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ७२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९२ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS