IME Life

निरन्तर घट्दै बैंकहरूको आधार दर, कर्जाको ब्याजदर पनि घट्दो क्रममा

SPIL
NIC ASIA

काठमाडौं । बैंकहरूको आधार दर (बेस रेट) चैत महिनामा पनि घटेको छ । अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् ।

निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो । आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्दछ । तसर्थ, आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्ने गर्छ । तर, व्यवहारमा भने आधार दर घटेको अनुपातमा कर्जाको ब्याजदर नघटेको व्यवसायी तथा सेयर बजारका लगानीकर्ताहरुले गुनासो गर्दै आएका छन् ।

Prabhu
Crest

यता, बैंकरहरुले भने कर्जाको ब्याजदर पनि क्रमशः घट्न थालेको अब वैशाख–जेठदेखि थप घट्ने बताउँदै आएका छन् । पछिल्ला महिनाहरूमा बैंकहरुको आधार दर घट्दोक्रममा रहेको देखिन्छ । पछिल्लो महिना मात्रै वाणिज्य बैंकहरुको औसत आधार दर (बेस रेट) ०.२१ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनाको तुलनामा चैतमा औसतमा आधार दर घटेको हो । चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०५ प्रतिशत कायम भएको छ ।

यसअघि फागुनमा २० वाणिज्य बैंकहरुको औसत आधार दर ९.३४ प्रतिशत थियो । यस अवधिमा २ बैंकबाहेक अरु सबै बैंकको आधार दर एकल अंकमा आएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर जम्मा ७.५२ प्रतिशत रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.६२ प्रतिशत छ । अरु १६ बैंकको आधार दर ८ प्रतिशतदेखि १० प्रतिशतको बीचमा रहेको छ । १० प्रतिशतभन्दा धेरै आधार दर हुनेमा कुमारी र प्राइम कमर्सियल बैंक रहेका छन् ।

२०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संथाको कर्जाको ब्याजदर बढेर उच्च बिन्दु १०.९१ प्रतिशतमा पुगेको थियो । त्यसपछि २०७९ माघमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.७२ प्रतिशत रहेको थियो । तर २०८० माघमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०६ प्रतिशतमा झरिसकेको राष्ट्र बैंकले जनाएको छ ।

कोभिड–१९ पछि असन्तुलित बन्दै गएको अर्थतन्त्रको वाह्य क्षेत्रसँगै आन्तरिक अर्थतन्त्र र वित्तीय प्रणालीमा पनि तरलता दबाब बढ्दै गएको थियो । सो दबाबलाई काबुमा राख्न राष्ट्र बैंकले मौद्रिक नीति कसिलो बनाएर ब्याज बढाउँदै लगेको थियो । जसले गर्दा गत आर्थिक वर्ष कर्जाको ब्याजदर बढेर वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १३ प्रतिशतभन्दा माथिसम्म पुगेको थियो ।

तर, पछिल्लो एक वर्षमा उक्त दर करिब डेढ प्रतिशतले घटिसकेकोे छ । निक्षेपको ब्याजदर घटेर बैंकहरूको औसत आधार दर घटेको तथा राष्ट्र बैंकले वाणिज्य बैंकहरूले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीच भारित औसत अन्तर (स्प्रेड दर) ४.४ प्रतिशत रहेकोमा २०८० असारबाट ४ प्रतिशत कायम गरेको छ । जसले गर्दा कर्जाको ब्याजदर पनि उल्लेख्य रूपमा घटेको छ ।

२०८० माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.०१ प्रतिशत, विकास बैंकहरुको ८.२६ प्रतिशत र वित्त कम्पनीहरुको ९.४५ प्रतिशत रहेको छ । २०७९ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.४१ प्रतिशत कायम भएको थियो । त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० माघमा वाणिज्य बैंकहरुको ११.०८ प्रतिशत, विकास बैंकहरुको १२.८५ प्रतिशत र वित्त कम्पनीहरुको १३.९३ प्रतिशत रहेको छ ।

२०७९ माघमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत कायम भएको थियो । बैंकरहरू चालु आवमा कर्जाको भारित औसत ब्याजदर अझै तल झर्ने बताउँछन् । निक्षेप बढीरहेको र कर्जा मागमा देखिने गरी सुधार नभएकाले ब्याजदर घट्ने नै अवस्था रहेको उनीहरूको बुझाइ छ । निजी क्षेत्रले भने बजारमा माग सिर्जना गर्नका लागि अझै ब्याजदर घटाउनुपर्नमा जोड दिँदै आएका छन् । उनीहरूले कर्जाको ब्याजदर अझै घटेमा विस्तारै बजारमा कर्जाको माग बढ्ने र अर्थतन्त्र सुमधुर हुन सक्ने बताउँदै आएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS