IME Life

आजसम्म शेयर कन्नेले समता घरेलु लघुवित्तको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभा.श सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १९ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा आज चैत १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनी मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

कम्पनीले दशौं वार्षिक साधारण सभा चैत २९ गते गर्ने भएको छ । चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते काभ्रेपलान्चोकको बनेपा ७ स्थित नमोबुद्ध ब्याक्वेट एण्ड इभेन्टमा बिहान ११ः३० बजे साधारण सभा गर्ने जानकारी दिएको हो ।

Prabhu
Crest

सभाले गत आवको मुनाफाबाट ५ दशमलव ४२२२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले एफपीओ निष्कासन गर्ने र कम्पनीले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्नेसम्बन्धी भएका सम्पूर्ण कार्य तथा निर्णय पारित गर्नेछ ।

त्यस्तै सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने /गाभिने वा प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने र गाभ्ने/ गाभिने वा प्राप्तिसम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्नरगराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित हुनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS