IME Life
Beema Board

८ महिनामा जीवन बीमकको कूल ब्यापार साढे ९८ अर्ब, कुनले कति गरे संकलन ?

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा जीवन बीमा कम्पनीहरुले कुल ९८ अर्बमाथि बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिरणले प्रकाशन गरेको वित्तीय विवरण अनूसार संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले १ करोड ३७ लाख ८० हजार रुपैयाँ बीमा पोलिसी विक्री गरी ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यस समिक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कूल बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा यस कम्पनीले २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । एलआइसी नेपालले ११ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । नेशनल लाइफले ११ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन लाइफले ११ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले ५ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । एशियन लाइफले ५ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ ।
त्यसैगरी सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । सिटिजन लाइफले ३ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । मेट लाइफले ३ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । आइएमई लाइफले २ अर्ब ८२ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले २ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । सन नेपाल लाइफले २ अर्ब ४७ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS