IME Life

बैंकहरुमा बीमा कम्पनीहरुको १२%ले बढ्यो लगानी, मुद्दति निक्षेपमा रु. ५.६० खर्ब बढी

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना माघसम्म बैंक तथा वित्तीय संस्थाहरुमा बीमा कम्पनीहरुको लगानी १२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन) कम्पनीहरुको बैंकहरुमा लगानी १२.१ प्रतिशतले बढेको हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्म मुद्दति निक्षेपका रुपमा बैंकहरुमा बीमा कम्पनीहरुको लगानी बढेर ५ खर्ब ६० अर्ब ६५ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म बैंकहरुमा बीमा कम्पनीहरुको ५ खर्ब १५ करोड रुपैयाँ लगानी रहेको थियो। यो ७ महिनाको अवधिमा बीमा कम्पनीहरुको बैंकहरुमा लगानी ६० अर्ब ५० करोड रुपैयाँले बढेको छ।

Prabhu
Crest

यसैगरी यो ७ महिनाको अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी २५.३ प्रतिशतले बढेर १ खर्ब ६७ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। गत असारसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो। सञ्चय कोषको लगानी ७ महिनामा ३३ अर्ब ८५ करोड रुपैयाँले बढेको छ।

चालु आर्थिक वर्षको माघसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी १.१ प्रतिशतले घटेर ९८ अर्ब ४० लाख रुपैयाँमा झरेको छ। गत असारसम्म बैंकहरुमा नागरिक लगानी कोषको ९९ अर्ब ४८ करोड रुपैयाँ थियो। कोष लगानी भने १ अर्ब ७ करोड रुपैयाँले घटेको छ।

यो ७ महिनाको अवधिमा व्यक्तिगत निक्षेपको आकार पनि ७.४ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ३५ खर्ब ५९ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा माघ मसान्तसम्म बढेर ३८ खर्ब २२ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा १ प्रतिशतमात्र कम गरेर संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत कम गर्नुपर्ने प्रावधान थियो।

चैतमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। तर, संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने बढेको छ। यो हिसाबले बैंकहरुमा लगानी गर्ने संस्थागत लगानीकर्ताको प्रतिफल बढेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS