IME Life

ग्लोबल मनी वीकको अवसरमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले चैत ०५ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताह आजदेखी सुरुवात भएको हो ।

नेपाल राष्ट्र बैंक द्धारा आयोजित ग्लोबल मनी वीक २०२४ अन्तर्गत कामना सेवा विकास बैंकले हल्दीबारी गाउँपालिका, झापाका लघु, उद्यमी तथा नगदेबाली उत्पादक कृषकहरुलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका कोशी प्रदेशको प्रमुख मोहन दत्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष, रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतित्यथा रहेको थियो ।

Prabhu
Crest

गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा बैंकको बुधबारे शाखा प्रमुख मोदनाथ गुरागाँईले प्रस्तुतिकरण दिएका थिए । स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, वचतको विकासले गर्दा दैनिक जिवनयापन सहज वनाउन सकिने तथा विभिन्न डिजिटल कारोवारहरु तथा यसका अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो । उक्त कार्यक्रममा झापा जिल्लामा विभिन्न किसीमका नगदेवाली उत्पादन सँग सम्वन्धीत १०० जना भन्दा बढी महानुभावहरुको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष लिङदेनले बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले कृषकहरुले वचत, ऋण तथा बैंकिङ कारोवारको वारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुको निरन्तरता दिनुपर्नेमा जोड दिए ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS