IME Life

घट्न थाल्यो शेयर धितो कर्जाको ब्याज, कुन बैंकबाट सस्तोमा पाइन्छ ?

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितो कर्जा प्रवाह बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएको थियो। हाल ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार कायम गरिएको छ। यसअघि ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा १५० जोखिम भार कायम गरिएको थियो।

राष्ट्र बैंक लचिलो बन्दै जानुले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने शेयर धितो कर्जा पनि बढ्न थालेको हो। बैंक तथा वित्तीय संस्थाबाट चालु आर्थिक वर्षको ७ महिना माघसम्म शेयर धितोमा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन असार मसान्तसम्मको तुलनामा ११.६ प्रतिशतले बढी हो। असार मसान्तमा शेयर धितो कर्जा ७६ अर्ब ३० करोड ८३ रुपैयाँ थियो।

Prabhu
Crest

उता बैंकहरुले शेयर धितो कर्जामा लिने ब्याजदर पनि सस्तिँदै गएको छ। हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १७ वटाको आधारदर सिंगल डिजिटलमा झरेको छ। कुमारी, हिमालयन र प्राइम कमर्सियल बैंकको मात्रै आधारदर १० प्रतिशत माथि रहेको छ।

एनआईसी एसिया, सिजिटन्स, लक्ष्मी सनराइज माछापुच्छ्रे, ग्लोबल आइएमई नेपाल एसबीआई, प्रभु, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ र कृषि विकास बैंकको आधारदर ९ प्रतिशत माथि रहेको छ। एभरेष्ट, नबिल र नेपाल बैंकको ८ प्रतिशत माथि र स्ट्यान्डर्ड चार्टर्ड तथा राष्ट्रिय वाणिज्य बैंकको आधारदर ८ प्रतिशत तल रहेको छ।

बैंकहरुले आधारदर प्रिमियम जोडेर कर्जा प्रवाह गर्दै आएका छन्। शेयर धितो कर्जामा बैंकहरुले अहिले अधिकतम ०.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेका छन्। एकाधले भने अधिकतममा ५ प्रतिशतसम्म प्रिमियम लिँदै आएका छन्। यस हिसाबले बैंकले शेयर धितो कर्जा अधिकतम १३–१४ प्रतिशतसम्म ब्याजदरमा प्रवाह गर्दै आएको पाइन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS