IME Life

महालक्ष्मी विकास बैंकको दुई दिने कार्यगोष्ठी सेमिनार सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकले फागुन २६ देखि फागुन २७ गतेसम्म दुई दिने कार्यगोष्ठी÷सेमिनार सम्पन्न गरेको छ । बैंकले चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, केन्द्रीय कार्यालयका कर्मचारीहरु र शाखा प्रबन्धकहरुको उपस्थितिमा “नेतृत्व/सामुहिक एकताको विकास तथा शारीरिक स्वस्थता” नामक सेमिनार सम्पन्न गरेको हो ।

उक्त कार्यगोष्ठी÷सेमिनारमा हाल अर्थतन्त्रमा देखिएको मन्दि र नकरात्मकता बीच आगामी दिनहरुमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, गा्रहकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरुको सामुहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको थियो ।

Prabhu
Crest

साथै यस आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । उक्त कार्यगोष्ठी÷सेमिनारमा कर्मचारीहरुको सामुहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपुर्ण आधारशिला हुन भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरु समेत गरिएको थियो ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०÷०९÷२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS