IME Life

फिल्मीशैलीमा बीमाको साढे ५७ करोड हडप्ने दाउ, रचियो यस्तो षड्यन्त्र

SPIL
NIC ASIA

काठमाडौं । भारतमा सन् २००१ मा अक्षय कुमार र बबी देओल अभिनित चलचित्र ‘अजनबी’ रिलिज भएको थियो। चलचित्रमा अक्षय कुमार र उनकी प्रेमिका बिपाशा बसुले बीमा करोडौं रकम कुम्ल्याउन षड्यन्त्र रचेका थिए। षड्यन्त्रको एक भागका रुपमा अक्षय कुमारले पहिले एक धनी केटीसँग विवाह गर्छन् र त्यसपछि उनको बीमाको पैसा प्राप्त गर्न उनको हत्या गर्छन्। बबी देओललाई यस हत्याको योजनामा फसाइन्छ। तर, फिल्मको अन्त्यसम्ममा यो षड्यन्त्रको खुलासा हुन्छ र अक्षय कुमारको बीमाको पैसा पाउने सपना अधुरो रहन्छ। यो फिल्मी कथा हो। तर, एक दम्पतीले वास्तविक जीवनमै बीमाको पैसा हडप्न यस्तै कथा रचेका छन्।

यो घटना हो जर्मनीको। त्यहाँ एक दम्पतीलाई बीमा धोकाधडीको आरोपमा कारागार चलन गरिएको छ। मिररमा प्रकाशित समाचार अनुसार क्रिस्टोफ नामक ती व्यक्तिसँग ४ मिलियन युरो (लगभग साढे ५७ करोड रुपैयाँ) को १४ वटा बीमा पोलिसी थिए। केही समय बित्दै जाँदा क्रिस्टफले बीमाको यो ठूलो रकम हडप्ने सोच बनाए। यसका लागि उनले आफ्नी पत्नीसँग मिलेर योजना बनाए।

Prabhu
Crest

योजनाअनुसार सबैभन्दा पहिले क्रिस्टफले एउटा मोटरबोट किने र सबैलाई भने कि यो डुंगामार्फत उनी कीलबाट डेनमार्क जानेछन्। उनले डेनमार्कको होटेलमा अग्रिम बुकिङ पनि गरे ता कि सबै कुरा वास्तविक देखियोस्।

त्यसपछि क्रिस्टफले आफ्नो मोटरबोट बाल्टिक सागरमा डुबेको खबर फैलाए। तर, उनी आफ्नो डुंगा डुबाउनअघि नै अर्को डुंगामा हाम फालेर घर फर्किसकेका थिए। क्रिस्टफ समुद्रमा डुबेको खबर बीमा कम्पनीमा पनि पुग्यो।

अब योजनाको दोस्रो भागअनुसार क्रिस्टोफ हनोभर सहरनजिकै आफ्नो आमाको घरमा गएर लुके। ता कि बीमाको पैसा आफ्नी पत्नीलाई जान सकोस्। तर, उनको योजना सफल हुन नपाउँदै बीमा कम्पनीलाई उनीमाथि शंका लाग्यो र उनी समातिए।

बीमा कम्पनीले केही गलत भएको थाहा पाउनेबित्तिकै क्रिस्टोफको १४ वटा पोलिसीबारे अलर्ट जारी गर्यो र त्यसपछि पुलिसलाई यस विषयमा जानकारी गरायो। प्रहरीले अनुसन्धान थालेपछि केही दिनमै क्रिस्टफ पक्राउ परे।

यो घटना सन् २०१९ को हो। जसमा सुनुवाइपछि क्रिस्टोफलाई अब ३ वर्ष २ महिना र उनकी पत्नीलाई यो षड्यन्त्रमा सहयोग गरेकोमा २ वर्षको जेल सजाय सुनाइएको छ। क्रिस्टोफले बीमाको रकम पाउन २०२० अप्रिलसम्म कुर्नुपर्ने थियो। किनकि त्यसपछि बीमा कम्पनीले उनलाई मृत मान्ने थियो। तर, यसअघि नै उनको फट्याइँको पर्दाफास भएको थियो। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS