IME Life

कैलालीको चिसापानी पुलमा गुड्दै गरेको ट्रकमा आगलागी

SPIL
NIC ASIA

काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि भीषण आगलागी भएको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकका कारण पुलको सुरक्षाका लागि जडान गरिएको फलामको बाक्लो तारहरुमा समेत आगो सल्किएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ना ५ ख ५२९७ नम्बरको मालबाहक ट्रक वीरगंजबाट धनगढीतर्फ जाँदै गर्दा एक्कासी आगो सल्किएको हो।

Prabhu
Crest

आगलागीसँगै चिसापानी पुलबाट सवारी तथा मानिसको आवागमन रोकिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS