IME Life

बीमकको संस्थापक शेयर धितोमा कर्जा लिन प्राधिकरणको ‘जी हजुरी’ गर्नुपर्ने बाध्यता

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीमा १ प्रतिशतभन्दा तल शेयर स्वामित्व भएका संस्थापक शेयरधनीले समेत शेयर खरिदबिक्री गर्दा वा हकप्रद शेयरको स्वामित्व हस्तान्तरण गर्नुपर्दा प्राधिकरणको पूर्व स्वीकृति कुर्नुपर्ने बाध्यता सिर्जना गरिएको छ। जति सुकै प्रतिशत शेयर खरिद बिक्री वा हकप्रदको स्वामित्व हस्तान्तरणका लागि संस्थापक शेयरको हकमा बीमकले बीमा नियामक निकाय नेपाल बीमा प्राधिकरणको पूर्व स्वीकृति लिनु परिरहेको अवस्था छ।

नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिकामा उल्लेखित प्रावधानका विपरित प्रत्येक पटक संस्थापक शेयर खरिद बिक्री वा स्वामित्व सम्बन्धी विषयमा बिमकले प्राधिकरणको पूर्व स्वीकृति लिई रहनु परेको हो । शेयर धितोमा कर्जाका लागि बीमकले पूर्व स्वीकृति लिन पठाएको निवेदनलाई अस्वीकृत गरेर निर्देशिकाको दफाबारे सचेत गराउनुको साटो प्राधिकरणका उच्च अधिकारीले पनि कानूनी प्रावधानलाई आँखा चिम्लिन रुचाएका छन्, शायद केही अनुचित लाभको लोभमा ।

Prabhu
Crest

बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ को दफा ६ को उपदफा (१) मा रहेको प्रावधान अनुसार १ वा सोभन्दा बढी संस्थापक शेयर भएका शेयरधनीले शेयर धितोमा कर्जा लिनु परेमा बीमकको पूर्व स्वीकृति लिनुपर्छ। ऋण लिने प्रयोजनका लागि बीमकले स्वीकृति दिए पुग्छ, नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिनु पर्दैन ।

निर्देशिकाको दफा ३ को शंस्थापक शेयर खरिद बिक्री नामसारी सम्बन्धी प्रावधानको उपदफा ३ मा चुक्ता पूँजीको १ प्रतिशतभन्दा कम शेयर धारण गरेको संंस्थापक संस्थापक बीचमा शेयर खरिद बिक्री गर्नुपरेमा प्रचलित कानून बमोजिमको रित पुर्‍याई खरिद बिक्री गरी सोको जानकारी १५ दिनभित्र बीमकले समितिमा दिई सक्नुपर्नेछ । यो प्रावधानले पनि १ प्रतिशतभन्दा कम संस्थापक शेयर खरिदबिक्री गर्दा प्राधिकरणलाई जानकारी मात्र दिए पुग्छ पूर्व स्वीकृति आवश्यक पर्दैन ।

प्रकरण ३ः

निर्देशिकाको दफा ७ मा हकप्रद शेयरको हक हस्तान्तरण सम्बन्धमा बीमकको चुक्ता पूँजीको १ प्रतिशत वा सोभन्दा कम शेयर भएका संस्थापक शेयरधनीको हकमा सम्बन्धित बीमकले संस्थापक शेयरधनीको लागि तोकिएको योग्यता फिट एण्ड प्रोपर टेष्ट पुरा गरेका व्यक्तिलाई हक हस्तान्तरण गरि दिन सक्छ । चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी शेयर भएका शेयरधनीको हकमा प्राधिकरणको स्वीकृति लिनुपर्नेछ। अर्थात् १ प्रतिशतभन्दा कम संस्थापक शेयरले हक प्रद शेयरको हक हस्तान्तरण गर्नुपरेमा बीमकले नै योग्यता परिक्षण गरी हस्तान्तरण गरिदिनसक्छ, प्राधिकरणको स्वीकृति आवश्यक पर्दैन।

 

बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७

बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका

यी तीनवटा प्रकरणमा निश्चित सीमासम्मको संस्थापक शेयरको खरिद बिक्री वा शेयर धितो कर्जाका लागि प्राधिकरणको पूर्व स्वीकृति लिनु नपर्ने गरी बीमकलाई कार्य सम्पादन सहज बनाउने कानूनी प्रावधान स्पष्ट पारिएको छ। १ प्रतिशतभन्दा बढी संस्थापक शेयर खरिद बिक्री गर्नुपरेमा मात्र प्राधिकरणको पूर्व स्वीकृति आवश्यक पर्नेछ । शेयर धितोमा कर्जा लिने सम्बन्धमा जति सुकै शेयर स्वामित्व भएको संस्थापकको हकमा समेत प्राधिकरणको स्वीकृति लिनु पर्दैन, बीमकले स्वीकृति दिए पुग्छ । प्राधिकरणले चासाे राखेर लिखितरुपमा माग गरेको अवस्थामा बाहेक संस्थापक शेयरको धितोमा कर्जाका लागि स्वीकृति दिनुपर्दा बीमकले यो सम्बन्धमा प्राधिकरणलाई जानकारी दिनुपर्दैन ।

बीमा प्राधिकरणका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्री र हस्तान्तरण तथा शेयर धितोमा राखी कर्जा लिन पाउने व्यवस्थामा प्राधिकरणले कुनै अवरोध नगरेको दाबी गरे । प्राधिकरणले हस्तक्षेप गरेको छैन’, उनले भने, ‘विशेष अवस्थामा बाहेक बीमक आफैँले संस्थापक शेयर धितोमा राखेर कर्जा लिन स्वीकृति दिने पाउने व्यवस्था छ।’ उनले यस्तो दाबी गरिरहँदा उनकै कार्यकक्ष मुन्तिरको कानून शाखाका कर्मचारीहरु संस्थापक शेयर धितो कर्जा स्वीकृतिका लागि टिप्पणी उठाउन व्यस्त रहने गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS