IME Life

निदान अनुसार बिरामीको स्वास्थ्य अनुसन्धान नगरे दाबी भुक्तानी नदिने बोर्डको चेतावनी

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सुविधा दुरुपयोग नगर्न स्वास्थ्य सेवा प्रदायक संस्थालाई सचेत गराएको छ। बोर्डले आइतबार सार्वजनिक सूचना प्रकाशन गर्दै स्वास्थ्य बीमा कार्यक्रमको विधि र नियमावली विपरित उपचार र खर्च दाबी भइरहेको पाइएकाले दाबी भुक्तानी नदिने चेतावनी समेत दिएको छ।

सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गर्दा ऐन नियम तथा सुविधा थैली र कार्यविधि अनुसार गरेको नपाइएकाेले दाबी मूल्याङ्कन तथा भुक्तानी गर्ने कार्यमा कठिनाई हुने भन्दै बोर्डले नियमानुसार मात्र सेवा प्रदान गर्न स्वास्थ्य संस्थालाई सचेत गराएको छ।

Prabhu
Crest

बोर्डले जारी गरेको ३ बुँदे निर्देशनमा  बीमा कार्यक्रम अन्तर्गत बीमितको उपचार गर्दा रोगको निदान अनुसारको अनुसन्धान गरेको हुनुपर्ने र सोही व्यहोरा चिकित्सकको पूर्जामा उल्लेख गरेको हुनुपर्ने उल्लेख गरिएको छ । यसैगरी तालिमप्राप्त रेडियोलोजिष्टबाट मात्र अल्ट्रा सोनोग्राफी(युएसजी) गरिएको हुनुपर्ने  र बिरामीलाई अन्यत्रको अस्पतालमा उपचारका लागि स्वास्थ्य नियमावलीमा उल्लेख भएको अनुसूची ९ अनुसारको फारम अनिवार्य भर्न समेत स्वास्थ्य संस्थालाई अनुरोध गरिएको छ।

निदान अनुसारको जाँच र औषधी उपचार नगरिएको पाइए बिरामीको उपचारवापतको खर्चको सोधभर्ना नदिने बोर्डले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS