IME Life
Beema Board

लघु जीवन बीमकले ७ महिनामा गरे सवा ४ करोडको व्यापार, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । लघु जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ७ महिना माघसम्म करिब सवा ४ करोड रुपैयाँको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिसम्म तीनवटा लघु जीवन बीमा कम्पनीले कुल सक्रिय रहेको २० हजार ८२२ वटा बीमालेखबाट ४ करोड २२ लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। माघमा मात्रै भने यी तीन कम्पनीले ६ हजार ७८३ वटा बीमालेख जारी गर्दै १ करोड ७० लाख २१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

Prabhu
Crest

माघसम्म सबैभन्दा बढी क्रेष्ट माइक्रो लाइफले २ करोड ५८ लाख ७० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीको यस अवधिसम्म कुल सक्रिय बीमालेख १२ हजार ६३ रहेको छ।

यसैगरी गार्डियन माइक्रो लाइफले १ करोड १५ लाख २३ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ४८ लाख ७२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिसम्म यी कम्पनीहरुको सक्रिय बीमालेख संख्या क्रमशः ७ हजार ४८३ र १ हजार २७३ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS