IME Life

आजसम्म शेयर किन्नेले एशियन लाइफ र हिमालयन रि इन्स्योरेन्सको लाभांश पाउने

SPIL
NIC ASIA

काठमाडौं । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि हिमालयन रिइन्स्योेन्सले भोली फागुन ७ गते बुकक्लोज गर्दैछ भने एशियन लाइफले फागुन ८ गते बुकक्लोज गर्दैछ।फागुन ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक बिदा हुने हुँदा आजसम्म नेप्सेमा कारोबार भइ कायम यी दुबै कम्पनीका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।

हिमालयन रिइन्स्योरेन्सले तेस्रो वार्षिक साधारणसभा फागुन २० गते आयोजना गर्दैछ । सभा काठमाडौंको पदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ४।२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुन आउने ४० करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६३१’५८ रुपैयाँबराबरको नगद लाभांश छन्।

Prabhu
Crest

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको १०ः८ अर्थात १० शेयरबराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। यो भनेको चुक्तापुँजीको ८० प्रतिशत हो।

कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा थपघट गर्ने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीतर्फको रिक्त रहेको १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि तथा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले १६औं वार्षिक साधारण सभा फागुन १८ गते गर्ने भएको छ । उक्त सभा होटल क्लासिक सिमरामा विहान ११ः३० बजे गर्ने भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत (१ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भाले उक्त प्रस्ता अनुमोदन गर्नेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० एनएफआरएस बमोजिम आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथि छलफल तथा पारित गर्ने छ ।

सभाले सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने संचालक पद १ जनालाई नियुक्त गर्ने निर्णय गरिएकोमा सो को अनुमोदन गर्नेछ । सभाले आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम रु ५ अर्ब चुक्ता पूँजी पुर्याउन ७.७५५ बोनश शेयर वितरण पश्चात हुने चुक्ता पूँजी रु ३,३९,९८, ३६, ३०७ को ४२ प्रतिशत अर्थात १ः०.४२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले उल्लेखित बोनश शेयर वितरण र हकप्रद शेयर निष्काशन पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने छ । साथै, शेयर संरचनामा परिवर्तन पश्चात् संचालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि संचालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना तथा १ जना स्वतन्त्र संचालक रहने गरी जम्मा ६ जनाको संचालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

५। भाले स विशेष प्रस्ताव अन्तर्गत नं १, २, ३ र ४ प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS