IME Life

जीवन बीमकहरुको व्यापार १२ प्रतिशतले बढ्यो, दुई कम्पनीको घट्दा बाँकीले कति कमाए ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सबै जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा दुई कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको छ भने बाँकी सबै कम्पनीको खुद बीमा शुल्क आर्जन बृद्धि भएको छ । गत वर्षको तुलनामा यी कम्पनीहरुको खुद बीमा शुल्क आर्जन १२ प्रतिशतले बृद्धि भएको छ ।

यस समिक्षा अवधिमा संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले ७३ अर्ब ८७ करोड ९४ लाख २६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा यी कम्पनीहरुले ६५ अर्ब ९३ करोड १० लाख ८९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका हुन् ।

Prabhu
Crest

यस अवधिमा सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १९ अर्ब ७१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ प्रतिशतले बढेको हो । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ८ अर्ब ६२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य घटेको छ ।
त्यस्तै, नेशनल लाइफले गत वर्षको तुलनामा खुद बीमा शुल्क ११ प्रतिशतले बृद्धि गरी ८ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । हिमालयन लाइफले ७ अर्ब ८९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा खुद बीमा शुल्क ८ प्रतिशतले बृद्धि गरेको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले गत वर्षको तुलनामा ४ प्रतिशतले खुद बीमा शुल्क बृद्धि गरि ६ अर्ब ४१ करोड आर्जन गरेको छ ।

सूर्यज्योति लाइफले ४ अर्ब १५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क ६३ प्रतिशतले बढेको हो । एशियन लाइफले ३ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९ प्रतिशतले बढी हो । सानिमा रिलायन्स लाइफले खुद बीमा शुल्क १३७ प्रतिशतले बृद्धि गरी २ अर्ब ६२ करोड आर्जन गरेको छ ।

त्यसैगरी मेट लाइफले ७ प्रतिशतले खुद बीमा शुल्क आर्जन गरी २ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ । सिटिजन लाइफले ४ प्रतिशतले बृद्धि गरी २ अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १०२ प्रतिशतले बृद्धि गरी १ अर्ब ९९ करोड आर्जन गरेको छ । आइएमई लाइफले ११ प्रतिशतले बृद्धि गरी १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले १ प्रतिशतले बृद्धि गरी १ अर्ब ७५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । सन नेपाल लाइफको भने खुद बीमा शुल्क सामान्य घटेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ५८ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS