IME Life

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनबीच सम्झौता भएको छ । आज माघ ९ गते बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनितिक समझदारी भएको हो ।

सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक सुवर्ण पौडेल तथा नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनको तर्फबाट अध्यक्ष डा. रविन्द्र घिमिरेले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुवै संस्थाको उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

Prabhu
Crest

फेडेरल पब्लिक लिमिटेडको रुपमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त पुनर्बीमा दलाल कम्पनी हो । यसले स्थापनाको छाटो समयमै बेलायतबाट प्रतिष्ठीत गुणस्तर चिन्हISO 9001:2015 र Indian Chamber of Commerce बाट “Broker of the Year 2023 (Nepal)” को उपाधी हासिल गर्न समेत सफल भएको छ ।

त्यस्तै, बीमा, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षाको क्षेत्रमा कार्यरत पेशाकर्मी, प्राज्ञ, विज्ञ र अनुसन्धानकर्ताहरुको साझा मञ्चको आवश्यकतालाई अनुभूति गर्दै स्थापना गरिएको नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनको मुख्य उद्देश्य जनचेतना अभिवृद्धि तालिम, शिक्षा, अनुसन्धान र प्रकाशन मार्फत बीमा उद्योगको प्रवर्द्धन गर्नु हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS