IME Life

मुक्तिनाथ विकास बैंकको एजिएम सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पुस २८ गते शनिवार पोखरामा आफ्नो सत्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्दै शेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त लाभांशमध्ये ९.७५ प्रतिशत बोनश शेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।

सभाबाट आथिृक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पनि पारित भएका छन् । साधारण सभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल, विनोदकुमार शर्मा रसरोजा श्रेष्ठ(कोइराला) सर्वसम्मत चयन भएका छन् ।

Prabhu
Crest

बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनउपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । शेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।

समारोहमा बैंकका पूर्व अध्यक्ष मीनप्रसाद गुरुङ्गले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS