IME Life

सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने कम्पनी बन्यो डिशहोम, कति पर्छ वार्षिक शुल्क ?

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी डिशहोम फाइबर नेट भएको छ । नेपालमा इन्टरनेट सेवा प्रदायकहरू (आईएसपीएस) को हालै गरिएको एक अध्ययनले सबैभन्दा सहुलियत मूल्यमा सेवा प्रदान गर्ने कम्पनीमा डिशहोम अगाडि देखिएको छ ।

डिशमोहले सबैभन्दा कम शुल्कमा २ सय एमबीपीएसको उच्च स्पीडमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । इन्टरनेट प्रदायक कम्पनीहरुको एक वर्षको शुल्कलाई आधार बनाएर अध्ययन गरिएको थियो । नेपालमा सबैभन्दा छिटो र प्रतिस्पर्धीहरुको तुलनामा कम लागतमा गुणस्तरीय आवासीय इन्टरनेट सेवा प्रदान गर्दै आएको अध्ययनको निस्कर्ष छ । तुलनात्मक अध्ययनले विभिन्न ईन्टरनेट सेवा प्रदायकहरूमध्ये २ सय २०० एमबीपीएस इन्टरनेट प्याकेजमा डिशहोम फाइबरनेट ग्राहकका लागि सस्तो देखिएको छ ।

Prabhu
Crest

नयाँ जडान गर्ने ग्राहकका लागि डिशहोम फाइबरनेटले सदस्यता शुल्कमा मात्र ११ हजार १५ रुपैयाँको प्याकेज प्रदान गर्नेछ । उच्च गतिको इन्टरनेट सेवाको खोजीमा रहेका ग्राहकहरूका लागि सबैभन्दा किफायती विकल्प भएको कम्पनीशले जनाएको छ ।

डिशहोम फाइबरनेटले सस्तो र पहुँचयोग्य उच्च स्पीड इन्टरनेट उपलब्ध गराउने प्रतिबद्धताअनुसार सेटअप शुल्क जम्मा ५ सय रुपैयाँ मात्र तोकेको छ । एक वर्षभरि ग्राहकले ११ हजार १२१ रुपैयाँमा २ सय एमबीपीएसको इन्टरनेट सुविधा लिन सक्नेछन् ।

डिशहोम फाइबरनेटको प्रतिस्पर्धी मूल्य निर्धारण रणनीतिले उच्च गुणस्तरको इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धतामा कमी नआउने कम्पनीले स्पष्ट गरेको छ । डिशहोमले ल्याएको ग्राहक केन्द्रित नयाँ रणनीतिले छिटो र भरपर्दो इन्टरनेट सेवाको माग माग बढ्दै गएको आजको अवस्थामा ग्राहकहरुका लागि विकल्प हुन सक्ने विश्वास कम्पनीको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS